तुरुन्त राजा चाहियो भन्दै पुरानै टोली सडकमा
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेको 'राष्ट्रवादी नागरिक समाज' आज पनि सडकमा उत्रिएको छ ।
नारायणहिटी संग्रालयअगाडि धर्ना दिँदै आएको सो समूहले आज जुद्धशालिकमा विरोध कार्यक्रम राखेको हो । समाजका संयोजक चन्द्रबहादुर रामदामको नेतृत्वमा एक दर्जनको संख्यामा रहेका राजावादीहरु दिउँसो साढे १ बजेदेखि धर्नामा बसेका छन् ।
'नेपाली जनतालाई राजा चाहियो' भन्दै पूर्वराजा ज्ञानेन्द्रको तस्वीर बोकेर धर्ना बस्नेमा राष्ट्रवादी नागरिक समाजका उपाध्यक्ष लक्ष्मी मल्ल, महासचिव ध्रुव गुरुङ, महासचिव प्रकाश श्रेष्ठ, सचिव ज्ञानबहादुर थिङलगायत छन् ।
राजतन्त्रको पक्षमा वकालत गर्दै आएको यो समूहले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । प्रदर्शनका क्रममा उनीहरुले प्रमुख पार्टीका शीर्ष नेताविरुद्ध चर्को आक्रोश पोख्ने गरेका छन् ।
टिप्पणीहरू