बालुवाटारमा राजावादीहरुको मोर्चा घोषणा

बालुवाटारमा राजावादीहरुको मोर्चा घोषणा
सुन्नुहोस्

राजतन्त्र पुनर्वहालीको पक्षमा वकालत गर्दै आएका राजावादीहरु 'देशभक्त नागरिक संयुक्त मोर्चा' को नाममा एकगठ हुन लागेका छन् । 

संसदमा रहेको राप्रपा, कमल थापाको राप्रपा नेपालबाहेक विभिन्न नाममा क्रियाशील राजावादीहरुले आज मोर्चा घोषणा गर्न लागेका हुन् । काठमाडौँ महानगरपालिका-४ बालुवाटारस्थित आमनेपाली पार्टी प्यालेसमा अहिले घोषणा सभा कार्यक्रम चलिरहेको छ । 

'राष्ट्रवादी चिन्तक डा• शास्त्रदत पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा राजावादी नेता तथा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट प्रमुख अतिथि रहेका छन् । विपी कांग्रेसका सभापति शुसिलमान शेरचन, तत्कालीन माओवादीका वार्ताकार वीरेन्द्र झापाली र उपत्यका नागरिक समन्वय समितिका अध्यक्ष डा. रत्नकमल बैध्य पनि मोर्चा घोषणा सभामा सहभागी छन् । 

त्यस्तै, राष्ट्रिय शक्तिका सह-संयोजक ईश्वरी महतो, उपाध्यक्ष रामु राइ , केन्द्रीय सुरक्षा समन्वय समिति संयोजक रामकृष्ण थापा, सचिवालय सदस्य सचिव श्याम केसी, दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाअभियानको उपत्यका संघर्ष समितिका संयोजक बिष्णुजंग बस्नेत, एटीएफ संयोजक सन्तोष राजावादीलगायत पनि कार्यक्रममा उपस्थित रहको बुझिएको छ । 

हिन्दु राष्ट्र, राजसंस्था र २०४७ सालको संविधान पुन:स्थापनाको साझा एजेण्डामा रहेका कांग्रेस वीपी र राष्ट्रिय शक्ति नेपालबीच लामो समयदेखि कार्यगत एकता छ ।

राष्ट्रिय शक्तिका विष्ट पञ्चायत र बहुदलकालमा पटक-पटक मन्त्री भएका पात्र हुन् । २०४६ पछि कांग्रेस, स्वतन्त्र, राप्रपा हुँदै अहिले आफैं दल गठन गरेर उनी राजा फर्काउने अभियानमा लागेका छन् ।

 

टिप्पणीहरू