सभामुख देवराज घिमिरे कम्बोडिया जाँदै
सभामुख देवराज घिमिरे कम्बोडिया जानुहुने भएको छ । इन्टरनेशनल पार्लामेण्ट फर टोलोरेन्स एण्ड पिसद्धारा आयोजना हुने सम्मेलनमा सहभागी हुन उहाँ नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार त्यता जाने तय भएको हो ।
सभामुख घिमिरे मंसिर ७ गते कम्बोडिया जान लागेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । प्रतिनिधिमण्डल १० गते स्वदेश फर्कने भ्रमण तालिका छ ।
‘उहाँ औपचारिक कार्यक्रममा जान लाग्नुभएको हो । मंसिर ७ गते जानुभएर उहाँ मंसिर १० गते स्वदेश फर्किनुहुनेछ’, गिरीले भन्नुभयो ।
टिप्पणीहरू