टुकुचामा कल्भर्ट : मन्त्रीद्वारा पहिले निरीक्षण, सचिवद्वारा अहिले उद्घाटन
काठमाडौको कमलादीस्थित टुकुचामा क्षतिग्रस्त कल्भर्ट चार महिनामा बनाइएको छ । झण्डै ५० लाखमा बनाइएको ११ मीटर लामो कल्भर्टको आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उद्घाटन गरेका छन् ।
सडक विभागका महानिर्देशक रामहरी पोखरेलका अनुसार साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त कल्भर्ट निर्माण अवलोकन गर्न मन्त्री देवेन्द्र दाहालसहितको टोली त्यहाँ पुगेको थियो । कल्भर्ट ४९ लाख ६३ हजार रुपैयाँमा बनाइएको जानकारी दिइएको छ ।
टिप्पणीहरू