विद्यार्थी नेताको स्मृतिमा ५१ हजार रुपैयाँको पुरस्कार
विद्यार्थी नेता डम्बर धामीको स्मृतिमा नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुले ५१ हजार रुपैयाँ राशिको पुरस्कार घोषणा गरेको छ । उनको स्मृतिमा हरेक वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
अनेरास्ववियुका महासचिव महेश श्रेष्ठले हिजो धामीको १२ औं पुण्यतिथिको अवसरमा पुरस्कारको घोषणा गरेका हुन् । गत मंसिर ४ गते डडेल्धुरामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको मंसिर १४ गते उपचारको क्रममा निधन भएको थियो ।
टिप्पणीहरू