नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास
नेपाली र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । ‘एक्सरसाइज सूर्य किरण’ को दुई हप्ते १८औं संस्करण आजदेखि रूपन्देहीको सालझण्डीमा प्रारम्भ भएको जनाइएको छ ।
नेपाली सेनाको ब्याटल स्कुलमा पुस २९ गतेसम्म चल्ने उक्त अभ्यासमा विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषय समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।
टिप्पणीहरू