पेट्रोल र डिजेलको भाउ बढ्यो, हवाई इन्धनको घट्यो
नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको भाउ बढाउने निर्णय गरेको छ । राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल र डिजेलको भाउ क्रमशः १ र २ रुपैयाँ प्रतिलिटर बढाइएको छ ।
हवाइ इन्धनमध्ये आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर घटाइएको छ । निगमले एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको जनाइएको छ ।
टिप्पणीहरू