वसन्तपुर र ललितपुरमा टोपी, माइतीघरमा धोती

वसन्तपुर र ललितपुरमा टोपी, माइतीघरमा धोती
सुन्नुहोस्

काठमाडौंको वसन्तपुरमा १२ औं नेपाली टोपी दिवस मनाइएको छ । ’सबै पोशाकको सम्मानः नेपाली टोपी नेपाली पहिचान’  भन्ने नाराका साथ नेपाली टोपी दिवस मनाइएको छ । 

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यू चोलोलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाकाटोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्नुपर्ने मागसहित यो दिवस मनाउन थालिएको जनाएको छ । जागरुक युवा अभियान नेपालले जनवरी १ का दिन टोपी दिवस मनाउन थालेको हो ।

त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम गर्दै छ । उक्त कार्यक्रम पाटन दरबार क्षेत्रमा बिहान ११ बजे राखिएको छ ।

यता विद्यार्थी जनमत संघ र युवा जनमत संघले राष्ट्रिय धोती दिवसको अवसरमा कार्यक्रम गर्दैछन् । माइतीघर मण्डलामा बिहान ११ बजे धोती प्रदर्शन गर्ने तयारी रहेको बताइन्छ ।


 

टिप्पणीहरू