काठमाडौंमा खोसिएको गाग्री बोकेर धरान फर्कन्छु : मेयर साम्पाङ

काठमाडौंमा खोसिएको गाग्री बोकेर धरान फर्कन्छु : मेयर साम्पाङ
सुन्नुहोस्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले खानेपानी समस्या समाधानको लागि चाँडो पहल थाल्न संघीय सरकारलाई आग्रह गरेका छन् । रित्तो गाग्रीसहित आज सिंहदरबार छिरेका उनले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानीको माग सम्बोधन गरिदिन ध्यानाकर्षण गराएका हुन् । 

झण्डै डेढ घण्टा कुरेर मन्त्री यादवलाई भेटेका मेयर राईले छलफल सकारात्मक भएको बताए । मन्त्रालयबाट निस्कँदै गर्दा सञ्चारकर्मीसँग भने, ‘मैले खानेपानीको लागि बजेट सुनिश्चित गरिदिनु पर्यो भनेँ, उहाँहरुले पनि हामी यस विषयमा संवेदनशील छौँ भन्नुभयो । पाँच अर्ब ७२ करोड विनियोजन गछौँ भन्नुभएको छ ।’

यसअघि मेयर राई मन्त्रालय छिर्दा सुरक्षाकर्मीले गेटमै उनको रित्तो गाग्री खोसेका थिए । तर उनले खोसिएको गाग्री धरान लैजाने बताए । अहिले उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि तयारी गर्दैछन् ।

टिप्पणीहरू