बीमा प्राधिकरणमा जान एक दर्जन इच्छुक

बीमा प्राधिकरणमा जान एक दर्जन इच्छुक
सुन्नुहोस्

राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जनले इच्छा देखाएका छन् । रिक्त सो पदमा नयाँ नियुक्तिका लागि आवेदन आह्वान भएकोमा आज अन्तिम दिनसम्म १२ जनाको आवेदन परेको हो । 

छनोट समितिका अनुसार आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्चिवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी,  विक्रान्त पान्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।

नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका अध्यक्ष सूर्यसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि सो पद रिक्त छ । नयाँ नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले पुस २६ गते १५ दिनको समय दिएर आवेदन माग गरेको थियो ।

अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ।

टिप्पणीहरू