एमाले र समाजवादीको छलफल आज, काँग्रेसको भोलि

नेकपा (एमाले)को सचिवालय बैठकमा समसमायिक राजनीतिक घटनाक्रमको बारेमा ब्रिफिङ गरिएको छ । बैठकमा सत्ता फेरबदलको चर्चाले पनि प्रवेश पाएको बताइन्छ ।
उता नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि आलोकनगरस्थित पार्टी कार्यालयमा जारी छ । चार दल सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते आयोजना गर्न लागेको विरोध सभामा पार्टीको भूमिकाबारे बैठकमा छलफल भएको जानकारी दिइएको छ ।
यता नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुलाई भोलि दिउँसो २ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बोलाउनुभएको छ ।
राजावादीहरुको सक्रियता बढिरहेको र त्यसलाई रोक्न सरकार फेरबदलको चर्चा चलिरहेको पृष्ठभूमिमा प्रमुख राजनीतिक दलहरुको बैठक बसेको हो ।
टिप्पणीहरू