लुम्बिनीमा बेग्लै रौनक छ हिजो आज

लुम्बिनीमा बेग्लै रौनक छ हिजो आज

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव औपचारिक रुपमा शुरु भएको छ । पर्यटन,संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे र चिनियाँ राजदूत छन सोङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको महोत्सवको औपचारिक समापन आगामी बुद्ध जयन्तीका दिन हुने छ ।

यसअघि हिजो महोत्सवको स्वागतमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै राजदूत सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।

महोत्सवको औपचारिक शुभारम्भ आज बिहान ७ बजेदेखि साढे ७ बजेसम्म लुम्बिनीको पवित्र मैदानमा गरिएको छ । बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको थियो ।

आजै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौध्द विश्वविद्यालय र चीनको चङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान गरिँदै छ । भोलि  बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन, साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्टको तालिका छ ।

 चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन तथा बैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ । चङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो । सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने जानकारी दिइएको छ ।

टिप्पणीहरू