मन्त्री आरजूको दिल्ली यात्रा सकियो

मन्त्री आरजूको दिल्ली यात्रा सकियो
सुन्नुहोस्

परराष्ट्रमन्त्री डाक्टर आरजू राणा देउवा स्वदेश फर्किनुभएको छ । उहाँसहितको टोली आज अपराह्न नयाँ दिल्लीबाट एयर इण्डियाको उडान नम्बर एआइ २१५ मा काठमाडौँ आइपुगेको छ ।

परराष्ट्रमन्त्री राणा भारत सरकारको निमन्त्रणामा 'रायसिना डाइलग' कार्यक्रमका लागि दिल्ली जानुभएको थियो । उक्त कार्यक्रममा सहभागिता जनाएर झारखण्डस्थित बाबा वैद्यनाथ धामको दर्शन गरी उहाँ नेपाल फर्किनुभएको हो । 

भ्रमणका दौरान उहाँले नियमित स्वास्थ्य चेकजाँच पनि गराएको बताइएको छ । परराष्ट्रमन्त्री राणाको टोलीमा स्वकीय सचिव कमल रावल र अनिता सिंह छन् ।

टिप्पणीहरू