अन्तरिम आदेशको सट्टा कुलमानको मुद्दालाई पर्सि हितेन्द्रसँग जोड्दै

नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त कुलमान घिसिङको मुद्दालाई सर्वोच्च अदालतले पर्सि नयाँ प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दासँग जोडेर हेर्ने भएको छ । अन्तरिम आदेश माग गर्दै सर्वोच्च गएका कुलमानलाई शाक्यको मुद्दासँग आइतबार सुनुवाई गर्ने आदेश दिइएको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले आज बहसपछि सरकारको धारणा सुन्नका लागि आइतबार पेशी तोक्ने आदेश दिएको छ ।
हितेन्द्रदेवले दायर गरेको मुद्दा आज पेशीको पाँँचौ नम्बरमा थियो । दुई नम्बरमा रहेको कुलमानको मुद्दामा सुनुवाईपछि उक्त आदेश भएको हो ।
टिप्पणीहरू