‘मेरा शिष्य विश्वासघाती हुन्’

‘मेरा शिष्य विश्वासघाती हुन्’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यालयमा अध्यापन गराउनुभएका शिक्षकले कडा शब्दमा प्रतिनिधि सभा विघटनको बिरोध गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीलाई ‘अत्यन्तै विश्वासघाती तथाकथित नेता’ को संज्ञा दिनुभयो । राष्ट्रिय राजनीतिप्रति चिन्ता पोख्दै र प्रधानमन्त्रीको पछिल्लो प्रवृत्तिको आलोचना गर्दै शिक्षक यज्ञराज प्रसाईंले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘उनी भ्रष्टाचारीको असली संरक्षक हुन् । नेपाली जनताले उनको कुराको विश्वास गर्नु राष्ट्रघात हुनेछ’

सामान्यतयाः श्रृष्टि गर्ने मातापिता र शिक्षकले आफ्ना छोराछोरी र शिष्यको सार्वजनिक आलोचना गर्दैनन् । त्यसमा पनि माथिल्लो ओहोदामा पुगेकाको हजार बैगुन भएपनि एकाध गुणको ब्याख्या गरिन्छ ।

तर, शिक्षक प्रसाईंले एकाएक सामाजिक सञ्जालमा पोख्नुभएको भावनाप्रति झापामा धेरैले अचम्म मानेको बताइन्छ । प्रसाइ हाल काकडभिट्टा बहुमुखी क्याम्पस प्रमुख हुनुहुन्छ ।

टिप्पणीहरू