कता हराए मधेशका यी डाक्टर ?

कता हराए मधेशका यी डाक्टर ?

मेडिकल काउन्सिलमा आफ्नो नाम,ठेगाना र योग्यता अद्यावधिक गर्न १० महिनाअघि खबर गरिएका विशेषगरी दुई नं.प्रदेशका १२ जना डाक्टरलाई काउन्सिलमा सम्पर्क राख्न अन्तिम पटक तीस दिनको म्याद दिइएको छ । काउन्सिल ऐनबमोजिम नियमित रूपमा चिकित्सकहरूको शैक्षिक प्रमाणपत्र,नागरिकता र अन्य प्रमाणपत्रहरूको सक्कलप्रति बुझाएर अद्यावधिक गर्ने मान्यताअनुरूप सो प्रयोजनको लागि गत फागुनमा फोन तथा पत्र मार्फत् जानकारी गराउँदा पनि अटेर गरेका एक दर्जन डाक्टरलाई कारबाहीको चेतावनीसहित सूचना जारी गरिएको हो  ।

आफ्नो पहिचान र योग्यता लुकाउँदै आएका डाक्टरहरूमा काउन्सिल दर्ता नं.१३०४१ रहेकी धनुषाकी प्रेक्षा साह,१३२३४ का महोत्तरीका रोशनकुमार साह, १३४६३ का पर्साका शशिकान्त चौधरी, १४८७५ की बाराकी प्रतिमाकुमारी यादव, १५३९४ का पर्साका धनञ्जयकुमार माली र १५३९६ का उदयपुरका रजनिश खड्का हुन् ।

त्यसैगरी, १५३९७ की रौतहटकी विनिता सिंह, १५४३१ का पर्साका पुष्करकुमार तिवारी, १५५६१ का महोत्तरीका सिताराम सिंह कुशवाहा, १५५६२ की महोत्तरीकी कबिता सिंह, १५५६३ का सिरहाका दिपककुमार शर्मा र १७९९५ का रौतहटका अजयकुमार अस्थानालाई पनि सम्पर्कमा आउन काउन्सिलले सूचना जारी गरेको छ ।

टिप्पणीहरू