नयाँ मन्त्रीमा नयाँ र पुराना अनुहार
राजीनामा दिएर कित्ताकाट गरेका पूर्व एमाले पृष्ठभूमिका घनश्याम भुसाल र योगेश भट्टराईसहित पूर्वमाओवादी सम्बध्द पाँच मन्त्रीको ठाउँमा माओवादी खेमाबाट तानिएका निवर्तमान र गैह्र साँसदलाई समेटेर प्रधानमन्त्री केपी ओलीले अहिले मन्त्री मण्डल फेरि बिस्तार गर्न लाग्नुभएको छ ।
चौथोचोटि मन्त्री हुने तयारीमा टोपबहादुर रायमाझी (उर्जा), मणि थापा, प्रभू साह, दावा दोर्जे लामा र गौरीशंकर चौधरी रहेको बताइन्छ । यीमध्ये सरकारमा जान लागेका कतिपयले संसद पुनर्स्थापना नहुने र चुनाव पनि नहुने हुँदा सजिलै एक बर्ष कटाउन पाइने भनी आफू निकटकालाई आश्वस्त तुल्याएका छन् ।
टिप्पणीहरू