माओ त्सेतुङ्गको १२७ औं जयन्ती : आज क-कसले के के गर्दै ?
आज शनिवार,पौष ११ गते अर्थात डिसेम्बर २६ । चिनियाँ नेता माओ त्से तुङ्ग जन्मिएको र आज बिभाजित नेकपा (झापा आन्दोलनको धार) को पूर्व रुप नेकपा माले गठन भएको दिन । यस अवसरमा माओ या आफ्नो विगतलाई सम्झेर दुबै खेमाले कुनै कार्यक्रम राखेका छैनन् । बिभाजनको औचित्य सिध्द गर्नमै दुबैलाई भ्याइनभ्याई छ । यस्तो बेला आज काठमाण्डौ उपत्यकामा हुने सबैखाले कार्यक्रमवारे जनआस्थालाई प्राप्त जानकारी प्रस्तुत गरिएको छ ।
१.राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला कार्यसमिति भक्तपुरको बैठक बस्ने ।
स्थान :- राप्रपा जिल्ला कार्यालय, कमलविनायक ।
२.विवेकशील पार्टीले प्रम ओलीको गैरसंबैधानिक कदमबिरुद्ध सडकमा प्रदर्शन गर्ने ।
स्थान :- माइतिघर मण्डला ।
समय :- १०:३० बजे ।
३.उखु किसान संघर्ष समितिले चिनी मीलहरूबाट उखुको भुक्तानी पाउनुपर्ने र मिति २०७६/०९/१८ गते नेपाल सरकारसंग भएकाे सम्झाैता लागू गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखी विरोध प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- ११:०० बजे ।
४.राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राजसंस्था,हिन्दु राष्ट्र पुन:स्थापना र भ्रष्टाचार विरुद्ध बृहत् मोटरसाइकल र्याली गर्ने ।
स्थान :- बबरमहल ।
समय :- ११:०० बजे ।
५.नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महालक्ष्मी नगर कमिटीले नेकपाका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा नगर स्तरीय बृहत भेला कार्यक्रम गर्ने ।
स्थान :- सिद्धिपुर पार्टी प्यालेस महालक्ष्मी,ललितपुर ।
समय :- ११:०० बजे ।
६.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौ क्षेत्र नं.८ ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपाको उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यकर्ता भेला कार्यक्रम गर्ने ।
स्थान :- कालिमाटी ब्याङ्क्वेट कालिमाटी ।
समय :- ११:३० बजे ।
७.नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश कमिटीले १२८ औं माओदिवस समारोह गर्ने ।
स्थान :- नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय पार्टी कार्यालय कुपन्डोल ।
समय :- १२:०० बजे ।
८.उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेला कार्यक्रम हुने ।
स्थान :- सीमा पार्टी प्यालेस,बसुन्धरा ।
समय :- १ बजे ।
१०.केपी शर्मा ओलीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बझाङ-काठमाडौ सम्पर्क कमिटीले सरकारले घोषणा गरेको निर्वाचनको स्वागत तथा गुटबन्दी र प्रतिगामी तत्वको बहिष्कार अभियान स्वरुप कार्यक्रम गर्ने ।
स्थान :- आर आर क्याम्पस,प्रदर्शनी मार्ग ।
समय :- १ बजे ।
११.नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भोजपुर काठमाडौ सम्पर्क मञ्चको भेटघाट तथा छलफल कार्यक्रम हुने ।
स्थान :- नेकपाको कार्यालय पेरिसडाँडा,कोटेश्वर ।
समय :- १:३० बजे ।
१२.नागरिक अगुवाहरूले प्रतिनिधि सभा विघटनविरुद्ध शंख एपिसोडसहित कोणसभा कार्यक्रम गर्ने ।
स्थान :- माइतिघर मन्डला
समय :- २ बजे ।
१३.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड र नेपाल निकट)को सबै प्रदेश कार्यालयहरूको संयोजनात्मक बैठक बस्ने ।
१४.जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्धारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानहरूमा मशाल जुलुस प्रदर्शन गर्ने ।
१५.गंगामाया अधिकारीले छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखी ट्रमा सेन्टर,वीर हस्पिटलमा छ गतेदेखि पानीसमेत नखाई सत्याग्रह बसेको,उक्त काम जारी ।
१६.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशनअनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।
यसवीच बिरोधमा पुत्ला दहन
प्रतिनिधिसभा बिघटन गरिएकोमा बिरोध गर्दै हिजो साँझ जनता समाजवादी निकट विद्यार्थीहरूले बबरमहलस्थित नेपाल दूरसञ्चार कम्पनीको कार्यालय अगाडि पुत्ला दहनको कार्यक्रम आयोजना गरेका छन् । विद्यार्थी नेता रूपनारायण श्रेष्ठलगायत झण्डै डेढ दर्जनले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेर लगत्तै बाटो लागेका हुन् ।
टिप्पणीहरू