ओली समूहको विद्यार्थी भेला
नेकपा (ओली समूह) निकट अनेरास्ववियुको एउटा खेमाले हिजो काठमाडौंमा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आयोजना गरेको छ । नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल हुनुहुन्थ्यो भने विशेष अतिथिको रुपमा स्वास्थ्यबाट पर्यटनतिर सारिएका मन्त्री भानुभक्त ढकाल हुनुहुन्थ्यो ।
कार्यक्रममा नेकपाका नेता किशोरविक्रम मल्ल, अनेरास्ववियुका उपाध्यक्षत्रय सुनिता बराल, शैलेश राना र महेश गड्तौला, रुपनारायण श्रेष्ठ र माधव ढुङ्गेल, केन्द्रीय सदस्य रश्मी आचार्य, केन्द्रीय सदस्य विनोद ढकाल, भीम राई, सीपी घर्ति, कमल शाहीलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू