यता विभाजन, उता अन्तरक्रिया

यता विभाजन, उता अन्तरक्रिया

राजधानीसङ्ग जोडिएको जिल्ला धादिङ्गका नेकपा कार्यकर्ता पनि बिभाजित भएका छन् । एक पक्षले धादिङ्ग–काठमाडौं सम्पर्क मञ्चको भेला हिजो काठमाडौंमा आयोजना गरेको छ भने आज अर्को पक्ष जुट्दैछ ।

ठमेलस्थित वैशाली होटलमा आयोजित हिजोको कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, खेम लोहनी, भूमि त्रिपाठी, अशोक ठकुरी, चन्द्र रिजाल, दिपक खतिवडा, अर्जुन थिए ।

आज नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई प्रमुख अतिथि बनाएर गुराँस क्याफे,बालाजुमा १ बजे अर्को पक्षको भेला हुन गइरहेको छ ।

टिप्पणीहरू