पुत्ला जलाएर बेपत्ता

प्रतिनिधिसभा विघटनको बिरोध गर्दै हिजो साँझ जनता समाजवादी निकट विद्यार्थीहरूले बबरमहलस्थित नेपाल दूरसञ्चार कम्पनीको कार्यालय अगाडि पुत्ला गरेका छन् । विद्यार्थी नेता रूपनारायण श्रेष्ठलगायत झण्डै डेढ दर्जनले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।

त्यसैगरी,सोही दलसम्बध्द रामनरेश यादवसहितका विद्यार्थीहरू पनि हिजो दिउँसो तीनकुनेमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाई फरार भएका थिए । उनीहरूले पुत्ला जलाउने क्रममा जसपा जिन्दावाद, असँवैधानिक कदम खारेज गर जस्ता नारा लगाएका थिए ।

टिप्पणीहरू