भारत र काँग्रेस, उमङ्ग र तरङ्ग

भारत र काँग्रेस, उमङ्ग र तरङ्ग

गत वर्ष हिउँद लाग्दा नलाग्दै नेपाल र भारतको सम्बन्ध चिसो हुन थालेको थियो । त्यतिञ्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यले साथ नदिएपनि निकै जोशिलो पाराले  अघि बढिरहनुभएको थियो । त्यसपछि लिपुलेक,कालापानी र लिम्पियाधुराको विषय अगाडि आयो । दक्षिणी मित्रराष्ट्रले पनि नानीदेखि लागेको बानी छाड्ने कुरो भएन । यता झण्डै दुई तिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्रीले समेत काम जे जस्तो गरे पनि कुरो चर्का नै गरिरहनु भयो । कोरोना महामारी शुरु हुँदा नहुँदै दुई देशबीचको सम्वाद पनि डेड लकको अवस्थामा पुग्यो ।

कुन चाँहिले गुह्य कुरो खोलिदियो ‘यिनको कमजोरी भनेकै उक्साइ दिएपछि उक्सिने हो। आलोचना गरेर काम लिन सकिँदैन है ! प्रशंसा गरेपछि र उक्साइदिएपछि उहाँ मख्ख पर्नुहुन्छ । अझ तपाईंजस्तो व्यक्ति दुनियाँमा कोही छैन हजुर भनिदिनुपर्छ । त्यहि क्रममा तपाईंजस्तो मान्छे पनि अरुको आलोचना सुनेर बस्ने हो ? त्यो आलोचना गर्ने थलो किन चाहियो ?’ भनेर भनिदिनुपर्छ ।

पछिल्लो हिउँदे अधिवेशनमा प्रधानमन्त्रीले सत्यमेव जयते कि सिंहमेव जयते ? भनेर सोध्नुभयो । छिमेकी औपचारिक रूपमा बोलेन । त्यसपछि गत असारमा भानु जयन्तीको अवसर पारेर सोध्नुभयो भगवान रामको असली जन्मभूमि चितवन हो कि उत्तर प्रदेश ? त्यसपछि पनि उसले कुनै प्रतिक्रिया दिएन । यता,प्रधानमन्त्रीले ठोरीको अयोध्यापुरीमा बनाइने राम जन्मभूमिको गुरुयोजना भित्रभित्रै तयार पारेको उताकाले सुईंको पाइहाले । त्यसपछि सम्बन्ध सुधार्ने नाममा अकण्टक उताका ठूलाबडा महामारीमा पनि विशेष विमान लिएर आउन थाले ।

त्यहि मेसोमा हुनसक्छ कुन चाँहिले प्रधानमन्त्रीको बारेमा गुह्य कुरो खोलिदियो ‘यिनको कमजोरी भनेकै उक्साइ दिएपछि उक्सिने हो। आलोचना गरेर काम लिन सकिँदैन है ! प्रशंसा गरेपछि र उक्साइदिएपछि उहाँ मख्ख पर्नुहुन्छ । अझ तपाईंजस्तो व्यक्ति दुनियाँमा कोही छैन हजुर भनिदिनुपर्छ । त्यहि क्रममा तपाईंजस्तो मान्छे पनि अरुको आलोचना सुनेर बस्ने हो ? त्यो आलोचना गर्ने थलो किन चाहियो ?’ भनेर भनिदिनुपर्छ ।

स्रोत भन्छ-लिम्पियाधुरा,कालापानी र लिपुलेकको जमिन नेपालको सीमाभित्र पारेर नक्सा पारित गर्ने अरु कोहि नभएर त्यहि प्रतिनिधिसभा थियो । त्यसैले दक्षिणका मित्रहरूले प्रधानमन्त्रीपछि त्यहि थलोको पनि ठूलो ईर्ष्या गर्न थाले । अमेरिकालाई एमसिसी पारित हुन नदिने प्रतिनिधिसभा किन चाहियो ?  त्यसैले अब कसैलाई उक्साएर वा सन्काएर त्यो थलो सिध्याउन सकिने अवस्था नभएपछि स्वयम् प्रधानमन्त्रीलाई नै आनन्द आउने गरी कसैले बिहान, कसैले दिउँसो र कसैले मध्यरातमा समेत कन्याएको देखियो ।

जसले संसद विघटन गर्छ उसलाई अरु कसैले नभई स्वयम् नेकपाले कारबाही गर्छ अनि त्यसो भएपछि शक्तिशाली कम्युनिष्ट पार्टी पनि फुट्छ भन्ने निश्कर्ष निकालियो । अन्तमा संसद भङ्ग,पार्टी पनि दुई फ्याक ।

कुमाउबाट नेपालको पूर्वी भागमा आएर बसेका सन्तान त यति बाठा छन् भने कुमाउ स्वयम् आफ्नै देशमा रहेकाले उनीहरू कति बाठा होलान् ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले प्रतिनिधिसभा सिध्याएपछि आफूलाई मन नपरेका सबैको अधोगति शुरु हुने जोड घटाउमा उनीहरू अहोरात्र लागे । त्यसपछि जसले संसद विघटन गर्छ उसलाई अरु कसैले नभई स्वयम् नेकपाले कारबाही गर्छ अनि त्यसो भएपछि शक्तिशाली कम्युनिष्ट पार्टी पनि फुट्छ भन्ने निश्कर्ष निकालियो । अन्तमा संसद भङ्ग,पार्टी पनि दुई फ्याक । त्यसपछि न रहे बाँस, न बजे बाँसुरीको अवस्था हुने भएपछि मित्रराष्ट्रलाई टण्टै साफ ।

त्यहि योजना र समयको पेरिफेरीमा यसो भागबण्डा लगाइदिएपछि न्यायालय पनि मख्ख । संसद विघटन गर्ने,पार्टी फुटाउने गरेपछि जाने भनेको सबैजना त्यहि सर्वोच्चमा हो । त्यहाँ पुगेपछि प्रधानमन्त्रीसँग धेरै अघिदेखिको रिस फेर्न श्रीमानलाई ‘ल अब विगतमा तपाईंको कालो कोटमा लागेको यसो दाग मेटाउने बेला यहि हो’ भनेर चुक्ली लगाइदिएपछि संसद पुनर्स्थापना हुँदा जनता जनार्दन फेरि दङ्ग पर्ने नै भए ।

कम्युनिष्टहरूको बर्चस्व रहेको संसद भङ्ग हुनु र शक्तिशाली कम्युनिष्ट पार्टी फुट्नु भनेको विपक्षी काँगेसलाई खुदो पल्टिनु हो ।

त्यसपछि कुनैपनि दलको स्पष्ट बहुमत नभएको ओदाने संसदीय समिकरण हुने हो । त्यस्तोमा छिमेकीलाई माइक्रो म्यानेजमेण्ट गर्न सजिलो हुने भइहाल्यो । तब दुबै हातमा लड्डु !

यता काँग्रेसीहरू पनि प्रतिनिधिसभा विघटनबाट खुशी नै देखिए । उनीहरूले सभापति देउवासँग आवश्यक सल्लाह र समन्वयमा नै प्रधानमन्त्रीले संसद विघटन गरेको भन्नसमेत हिच्किचाएका छैनन् । कम्युनिष्टहरूको बर्चस्व रहेको संसद भङ्ग हुनु र शक्तिशाली कम्युनिष्ट पार्टी फुट्नु भनेको विपक्षी काँगेसलाई खुदो पल्टिनु हो । उनीहरूले गत आइतबार र सोमबार संसद विघटनको कदम लोकतन्त्रको बिरुद्धमा भयो भन्नेसम्म उच्चारण गरेका थिए । तर, रिट भने हाल्न गएको देखिएन ।

टिप्पणीहरू