छक्कले फेरि छक्क पारे

छक्कले फेरि छक्क पारे

केही दिनअघि खुमलटारलाई छक्काएका हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा जितेर हालै निवर्तमान माननीय छक्कबहादुर लामाले आज फेरि बालुवाटारलाई जिल्याएका छन् ।

नेकपामा आएको विभाजनसँगै लामालाई बहुमत पक्षले आफूतर्फ राखेको थियो । तर,जोडघटाउ गर्दै उनले तत्कालको लागि बालुवाटारतिर टाँसिदा राम्रो हुने निचोड निकालेर आफू प्रधानमन्त्रीसँगै रहेको बताए ।

हिजो साँझ भएको मन्त्रिपरिषद् पुनर्गठनले लामालाई बेचैन बनाइदिएको उनीनिकट कमरेडहरूले बताएका छन् । आफूलाई पटक पटक आश्वासन मात्र दिने तर कार्यान्वयनचाहिँ नगर्ने भएपछि आज उनले प्रेस वक्तव्य नै जारी गरेर नेकपा (बहुमत) मा रहेको जानकारी गराएका हुन् ।

पछिल्लो चुनावमा माओवादीबाट सांसदको टिकट नपाएपछि उनी बागी उठेरै जितेका थिए । छक्कलाई मन्त्री नबनाइएकोमा बालुवाटार निकटस्थले भनेको छ ‘माओवादीकै टिकटबाट जितेकालाई त भ्याइ नभ्याई छ, बागीले कहाँबाट चान्स पाउनु ! ’

टिप्पणीहरू