नयाँ राजा नबन्न आग्रह
नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले राजा फाल्ने जनताले नयाँ राजा बन्न खोजेका ओलीलाई बाँकी नराख्ने बताएका छन् । नेकपा धादिङ–काठमाडौ सम्पर्क मंचको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले ६४ सालको जस्तै आन्दोलन फेरि गर्नुपर्ने अवस्था आएको बताए । भने– ‘ओलीको प्रतिगामी कदमविरुद्ध पुस १४ गते बिशाल प्रदर्शनमा सहभागी बनौं । लोकतन्त्र अपहरण हुन लाग्दैछ ।” नेता पाण्डेले भने– ‘ओली नयाँ राजा हैन,नयाँ राजा बन्ने कुचेष्टा नगर्नुस् । जनताले बाँकी राख्दैनन् ।’
नेता पाण्डेले नेकपा पार्टी र चुनाव चिन्ह सूर्यका विषयमा कुनै विवाद नरहेको भन्दै माधव–प्रचण्डले नेतृत्व गरेको पार्टी नेकपा नै बैधानिक र यसको चुनाव चिन्ह सूर्य आधिकारिक भएको बताए । उनले भने–’निर्वाचन आयोगले यो विषयमा कुनै प्रभावमा नपरी निर्णय गर्नेमा म विश्वस्त छु ।’
भेलामा नेकपा निर्वाचन आयोगका सदस्य बिष्णुपुकार श्रेष्ठ, नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल,नेकपा केन्द्रीय सदस्य कल्पना धमलाको समेत उपस्थिति थियो ।
कार्यक्रममा धादिङ घर भई हाल काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आइरहेका तीन सय कार्यकर्ताको उपस्थिति रहेको बताइन्छ ।
टिप्पणीहरू