बालुवाटारको टोली गोठाटार पुग्यो : “दु:खमा नसम्झने,मर्का पर्दा घरदैलो ?”
नेकपा बालुवाटारको तर्फबाट केन्द्रीय समितिको माइन्युटमा दस्तखत गराउन पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको नेतृत्वमा पुगेको दलबलसहितको टोली प्रदीप नेपालको घर गोठाटारबाट निराश बनेर फर्केको छ ।
प्रदीपको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ‘मैले माधव कमरेडहरूको माइन्युटमा दस्तखत गरिसकेँ । अन्यत्र गर्न अब मलाई नैतिकताले पनि दिँदैन । माफ गर्नुहोस् ।’
टोली फर्कने क्रममा नेपाल पत्नी झुमा देवानले हिजो दु:ख पर्दा नसम्झनेले अहिले कुन मुख लिएर गुहार्न आउनुपर्यो भन्नुभएको बालुवाटारमा रिपोर्टिङ्ग गरिएको छ ।
लामो समयदेखि अस्वस्थ प्रदीपलाई दुःख पर्दा कहिल्यै नसम्झिएकाहरूले आफूलाई अप्ठेरो पर्दा दैलो खोज्दै गएपछि निराश बन्नु कुनै अचम्म नभएको स्रोतको दाबी छ ।
यसअघि पनि नेकपाभित्रको अन्तरबिरोधमा आवश्यक समन्वय गरिदिन बालुवाटारको सल्लाहकार टोलीले नेपाललाई गोठाटार पुगेर अनुरोध गरेको थियो ।
टिप्पणीहरू