प्रधानमन्त्रीको प्रदेशमा अविश्वास दर्ता
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक र गृहजिल्ला झापा रहेको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईप्रति आफूहरूको विश्वास नरहेको व्यहोरा उल्लेख गर्दै प्रदेशसभाका नेकपा सांसदहरूले नै आज बिहान अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
सांसदहरू ईन्द्रबहादुर आङ्बो समर्थक र लछुमन तिवारी समर्थक रहेको अविश्वास प्रस्तावमा संविधानको धारा १८८ उपधारा ५ बमोजिम प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
प्रदेशसभा सचिवबाट प्रदेशसभा नियमावली २०७४ बमोजिम दर्ता हुन आएको पाँच पृष्ठको अविश्वास प्रस्ताव दर्ता गरी नियम १२९ को उपनियम (२) बमोजिम माननीय सभामुखसमक्ष जानकारी गराउने व्यहोराको तोक आदेश बिहान पौने ११ बजे लगाइएको छ ।
यस्तो छ प्रस्ताव ः
टिप्पणीहरू