चिनियाँ टोली शीतल निवासमा

चिनियाँ टोली शीतल निवासमा

चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागका उपमन्त्री गुओ एचौको नेपाल भ्रमण कार्यक्रम रास्ट्रपतिसङ्गको भेटघाटबाट शुरु भएको छ । राजदूत हौ यान्छीसहित उताबाट आएका चार र दूतावासका तीन गरी सात सदस्यीय टोली भर्खरै शीतल निवास प्रवेश गरेको छ ।

डा. गोविन्द केसी

यसैवीच मेडिकल क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनसन मार्फत सरकारमाथि दवाव सिर्जना गर्दै आउनुभएका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भएको प्रतिनिधि सभाको असंवैधानिक विघटनप्रति घोर आपत्ति जनाउनुभएको छ ।

आफूहरू विधिको शासन स्थापनाको लागि लड्दै आएको बताउँदै उहाँ मुलुक प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निजी सम्पत्ति नरहेको बताउनुहुन्छ ।

राजा ज्ञानेन्द्रलाई नेपाली नागरिकले ठीक ठाउँमा ल्याएको क्षणको स्मरण गर्न आग्रह गर्दै उहाँले संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई नागरिकले कुनैपनि हालतमा दण्डित गर्नेसमेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

संविधानतः हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको उक्त कदमलाई न्यायालयले सच्चाउने विश्वास लिँदै डा।केसी भन्नुहुन्छ ‘देशको न्यायालय पनि यतिखेर अग्नि परीक्षामा छ ।’

टिप्पणीहरू