चिनियाँ पाहुनाको बिरोध गर्ने पक्राउ

चिनियाँ पाहुनाको बिरोध गर्ने पक्राउ

नेपाल भ्रमणमा आज बिहान आइपुगेको चिनियाँ कम्युनिष्ट प्रतिनिधिमण्डलबिरुध्द प्रदर्शन गर्ने झण्डै एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ । भाटभटेनी चोकमा साँझ साढे पाँच बजे बिरोध कार्यक्रमको आयोजना गरेका राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवसहितका एक दर्जन युवा पक्राउ परेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौं आइपुगेको हो । साँझ शीतल निवास छिरेको उक्त टोलीले नेकपाका सबैजसो नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पक्राउ परेका सबैलाई मालिगाउँस्थित प्रहरी वृत्तमा लगेर राखिएको छ ।

टिप्पणीहरू