दाहाल–नेपाल बहादुर भवनमा
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज दिउँसो निर्वाचन आयोग पुग्नुभएको छ ।
आयोगले उक्त पक्षलाई पठाएको पत्रबारे स्पष्ट पार्न उहाँहरु निर्वाचन आयोग पुगेको बताइएको छ । संसद पुनःस्थापनाको विषयमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको तर निर्वाचन आयोगले चुनावको तयारी गरिहेको सन्दर्भमा पनि उहाँहरुले आयोगसमक्ष आफ्ना कुरा राख्नुभएको हो ।
नेकपाको दुवै समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा यसअघि नै दाबी प्रस्तुत गरिसकेका छन् । तर आयोगले भने ती दाबीको बारेमा आवश्यक अध्ययन गरिरहेको बताएको छ ।
टिप्पणीहरू