महानगरमा मारामार

काठमाडौं महानगरमा नागरिकहरूको मुद्दामामिला हेर्नलाई कानुन महाशाखा छ । उपसचिव नेतृत्वको उक्त फाँटका कानुन अधिकृत देवीप्रसाद तिमल्सेनाले सेवाग्राहीलाई अपमानजनक व्यवहार गर्छन् । मुद्दा मिलाइदिन्छु भनी मोबाइल नं. मागेर एकान्त होटल र रेस्टुरेन्टमा भेट्न बोलाउँछन् ।

सोझासीधा र जवान महिला सेवाग्राहीसँग अस्वाभाविक सम्बन्ध रहने गर्छ । टाठाबाठा पुरुष सेवाग्राहीको त मुद्दै दर्ता हँुदैन । यस्ता अधिकृतलाई महानगरले त कारबाही गर्दैन, तर सम्बन्धित मन्त्रालयबाट पनि किन कारबाही नभएको होला, विभिन्न स्थानमा सडक विभागले आज पिच गर्छ, भोलि विद्युत् प्राधिकरण र खानेपानी विभागले भत्काउँछ, सडक धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गर्छ । कोरोना कहरका बेला सोल्टी होटलको क्वारेन्टाइनमा बस्ने महानगर प्रमुख शाक्यले के हेरिरहेका छन् ? जुन विभागले सडक भत्काउँछ त्यसैले पिच गर्ने व्यवस्था मिलाउनुप¥यो । फोहोर थुप्रिएको छ, बिजुली र टेलिफोनका तार सडक छुनेगरी लत्रिएका छन्, महानगर प्रमुख र वडाध्यक्षहरूले कसको आदेश पर्खिरहेका छन् । यस्तै चाला हो भने अर्को चुनावमा जनताको अगाडि कसरी मुख देखाउनुहुन्छ ? सधैँ केपी ओली बाको आशीर्वाद मिलिरहला र ?

– ठगिएका सेवाग्राही

 

टिप्पणीहरू