बन्दमा पनि सरकारी पक्षले बोल्ने
नेकपा (बहुमत) ले भोलि बिहीबार आयोजना गरेको आमहड्ताललाई लिएर संवैधानिक इजलासमै छलफल भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा भैरहेको सुनुवाईको क्रममा आज बुधबार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले ‘भोलि आमहड्ताल भन्ने छ,तपाईंहरु आउन सक्नुहुन्छ कि सक्नुहुन्न ?’ भनेर सोध्नुभएको थियो ।
सरकारको तर्फबाट बहस गरिरहनुभएका नायव महान्यायाधिवक्ता पदम पाण्डेको बहस सक्किनै लाग्दा राणाले सोध्नुभयो, ‘अघि ब्रेकमा हामीले आमहड्तालको समाचार पढ्यौं । आउनसक्ने अवस्था छ कि छैन ? भोलि हामीहरू त आउँला, तपाईंहरू के गर्नुहुन्छ ?’
पाण्डेले ‘आफूहरु आउनसक्ने’ जवाफ दिनुभयो । राणाले ‘रिट निवेदकका तर्फबाट के हुन्छ ?’ भनेर फेरि प्रश्न गर्नुभयो । रिट निवेदक पक्षका वकिलहरुले पनि ‘आउनसक्ने’ बताए । सरकारी पक्षले बहस भोलि पनि जारी राख्नेछ ।
टिप्पणीहरू