गते २२, मोर्चा ११

गते २२, मोर्चा ११

भोलि माघ २२ गते नेकपा (बहुमत) ले आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न संघीय राजधानी काठमाडौंका ११ स्थानमा विशेष मोर्चा रहने गरी कमाण्डर तोकिएको छ । नेकपाले दिएको जानकारीअनुसार कलंकी चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई खटाइएको छ ।

बल्खु चोकमा बेदुराम भुसाल, सातदोबाटो चोकमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल,कोटेश्वर चोकमा लीलामणि पोखेरलको जिम्मेवारी छ ।

त्यसैगरी भोलि बिहान सबेरैदेखि खटिनेहरुमा चाबहिल चोकमा वर्षमान पुन र हरिबोल गजुरेल, महाराजगञ्ज चोकमा शक्ति बस्नेत,गोंगबु चोकमा भीम रावल, बालाजु चोकमा रघुजी पन्त, रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रहनुभएको बताइएको छ ।

टिप्पणीहरू