भारतीय राजदूत झन सक्रिय : नेताहरूसङ्ग रातदिन भेटघाट बाक्लियो
नेपालको राजनैतिक घटनाक्रम झन जटिलतातर्फ उन्मुख हुँदै गर्दा छिमेकी मुलुक भारतको सक्रियतामा पनि उत्तिकै बढोत्तरी भएको पाइएको छ । अस्ति राती दूतावासमै सत्तारूढ नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई निम्त्याएर दुई घण्टासम्म छलफल गर्नुभएका राजदूत बिनयमोहन क्वात्राले यो क्रमलाई हिजो पनि निरन्तरता दिनुभएको छ ।
बेलुकाको समय पारेर हिजो माघ २१ गते प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री सशाँक कोइरालालाई लैनचौर बोलाइयो । यसअघि हिजो दिउँसो मन्त्रालय पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसंग भेटवार्ता गरी राजदूत क्वात्रा घरमै कांग्रेस नेता बिमलेन्द्र निधीसंग कुरा गर्न जानुभएको थियो ।
सशाँक र बिमलेन्द्र दुबैले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विपक्षमा खुल्न आनाकानी गरिरहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको ढुल्मुलेपनाप्रति असहमति जनाउँदै आउनुभएको छ ।
अर्थमन्त्री पौडेल त झन विघटन गर्ने दलको महासचिव नै हुनुभयो । अघिल्लो हप्ता राजदूत क्वात्राले नेपालको स्थितिकै वारेमा छलफल गर्न अमेरिकी राजदूत र्याण्डी बेरीसङ्ग लन्च मिटिङ्ग गर्नुभएको थियो ।
टिप्पणीहरू