सरकारले घुसपैठ गरायो: पम्फा भुसाल

सरकारले घुसपैठ गरायो: पम्फा भुसाल

नेपाल बन्दको आह्वान गरेको नेकपा (बहुमत पक्ष)ले एकाबिहानै भएका तोडफोड र आगजनीका घटनामा घुसपैठ भएको बताएको छ ।

बन्दका कारण देशैभरको जनजीवन प्रभावित छ । काठमाडौँ उपत्यकामा बिहानै ट्याक्सी जलाइएको छ । नेतृ अष्टलक्ष्मी शाक्यसहित सय जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । बन्दका दिन भएका तोडफोडका घटनामा सरकारले नै घुसपैठ गराएको नेकपा नेतृ पम्फा भुसालले बताउनुभयो ।

सरकारले हिजोदेखि नै नेकपाको नाममा कुनै बन्द नरहेको भन्दै भ्रम छरेको र बिहानैदेखि शान्तिपूर्ण भेला भएका आफ्ना नेता कार्यकर्ता धरपकड गरेको भन्दै भुसालले बन्दका क्रममा भएका अवान्छनीय घटनाको जिम्मेवार सरकार रहेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू