ओली केशरजंगभन्दा बढी पतित भएको खनालको आरोप

ओली केशरजंगभन्दा बढी पतित भएको खनालको आरोप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खलानले प्रतिनिधि सभा भंग गरेर केपी शर्मा ओली प्रतिक्रान्तिको नायक भएको बताउनुभएको छ ।

इलाममा शनिबार आयोजित प्रचण्ड–माधव पक्षको नेकपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले ओलीलाई दक्षिणपन्थी अवसरवाद र प्रतिक्रान्तिका नाइके भएकाले केशरजंग रायमाझीभन्दा पतित भएको आरोप लगाउनुभएको छ । ‘केपी ओलीमा उल्टो परिवर्तन देखिएको छ हिजो उनी गुटवाज थिए, त्यसपछि दक्षिणपन्थी अवसरवादका नायक भए र अहिले प्रतिक्रान्तिका नायक भएका छन् ।’ खनालले भन्नुभयो, ‘मान्छे यसरी पतित हुन्छ । उनी केशरजंग रायमाझीभन्दा पतित् भएका छन् ।’

खानालले जनता र राष्ट्रको हीतमा काम गर्न नसकेको आरोप लगाउँदै ओली जाउलाखेल चिडियाखानामा राख्न लायकको भएको बताउनुभयो । ‘खान नपाएका मानिसलाई काठमाण्डौंको सडकमा परोपकारी संस्थाले खाना खुवाउँदा, सरकारको बेइज्यत हुन्छ भन्दै खाना खुवाउनसमेत दिँदैनन् ।’ खनालले अगाडि भन्नुभयो, ‘यो कस्तो कम्प्युनिष्टको सरकार हो? चिडियाखानामा राख्न लायक छ, चिडियाखाना राखे मानिसले आनन्द महुसुस गर्थे ।’

लीले नेकपालाई तीन वर्षसम्म बन्धक बनाएको पनि खनालले आरोप लगाउनुभयो । मातहतका पार्टीका कमिटीहरुलाई भंग गरेर ओलीले कमिटी र पार्टी सदस्यहरुलाई चलायमान हुन नदिएको आरोप खनालले बताउनुभयो । ‘ओलीले पार्टीलाई नीति कार्यक्रम विहीन राखे ।’ खनालले भन्नुभयो, ‘पार्टीलाई उहाँले झण्डै झण्डै गोबरको थुप्रोनै बनाए ।’ ओलीले पार्टीलाई गतिहीन बनाएर फोहोरको डंगुर बनाएको र त्यही फोहोरको भेलले ओलीलाई बगाएर प्रतिक्रान्तिको बाटोमा पुर्याएको खनालले बताउनुभयो ।

अदालतले संसद पुनस्र्थापना गर्नेमा विश्वत छौं

अदालतले संसदको पुर्नस्थापन गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको खनालले बताउनुभएको छ । ‘सर्वोच्च अदालले संविधानको ब्यख्या गर्नुपर्छ अहिलेको संविधानले देशको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन ।’ खनालले भन्नुभयो, ‘यसैले संसदको पुर्नस्थापन अनिवार्य छ ।’

संसद पुर्नस्थापना भयो भने मात्र लोकतन्त्रमाथि लागेको घाउँमा मलमपट्टी लाग्ने खनालले बताउनुभयो । उहाँले थप्नुभयो, ‘यो कुरा सर्वोच्च अदालतले पनि बुझ्छ ।’ पुनस्र्थापना भएमा मात्र मुलुक सही बाटोमा अघि हिड्ने पनि उहाँले बताउनुभयो ।

 

 

टिप्पणीहरू