बलात्कार फेरि बढ्दै

बलात्कार फेरि बढ्दै

सुदूर पश्चिमको कन्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा दुई बर्षदेखि समात्न नसकिएको पृष्ठभूमिमा त्यही प्रदेशअन्तर्गत अर्की स्कूले छात्रा उस्तै नियतिको शिकार भएकी छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्ट र अर्की किशोरी गीता महरको बलात्कारपछि हत्या गरिएको आशंकामा अनेरास्ववियुले शनिबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

बलात्कारीलाई फाँसी दे भन्ने नारासहित गरिएको प्रदर्शनमा अनेरास्ववियुका साथै महिला हिँसाविरोधी अभियानका सदस्यहरुले सहभागिता जनाएका थिए ।

सहभागीहरुले पञ्च र्याली बन्द गर, बिघटित संसद पुनर्स्थापना गर, बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर, ७० करोडवालालाई होइन छोरीलाई बचाऊ, महिला हिंसा अन्त्य गरलगायतका नारा लगाइएको थियो ।

टिप्पणीहरू