चार नम्बर इजलासमा सभामुखको रिट

चार नम्बर इजलासमा सभामुखको रिट

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद साप्कोटाले सँसदीय सुनुवाइ र प्रचलित नियम,कानूनबिपरीत विभिन्न संबैधानिक अङ्गहरुमा बलमिच्याईपूर्वक गरिएको नियुक्तिविरुद्ध अस्ति शुक्रबार दायर गर्नुभएको रिटउपर आज सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री, रास्ट्रपति, प्रधानन्यायाधीश, सपथ खाएका ३२ पदाधिकारीलाई बिपक्षी बनाइएको उक्त रिटको सुनुवाइ चार नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार ढुंगानाले गर्नुहुने छ ।   
प्रारम्भिक सुनुवाइपछि विपक्षीहरुका नाममा कारण देखाऊ या हप्ता दश दिनभित्र दुईपक्षीय छलफलमा झिकाऊको आदेश हुनेछ । त्यसो त यति जटिल मुध्दामा विपक्षीलाई कामकाज गर्नबाट हाललाई रोक लगाउने अन्तरकालीन आदेश पनि हुन सक्छ तर त्यो हालको अवस्थालाई बिचार गर्दा धेरै टाढाको कुरा मानिन्छ । श्रीमानले तनाव पन्छाउन पाँच सदस्यीय संबैधानिक इजलासतिर पनि धकेलिदिन सक्नुहुन्छ जुन इजलास अहिले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको निरन्तर सुनुवाइमा ब्यस्त छ ।

टिप्पणीहरू