लाश उठ्दै, बन्द बजार खुल्दै : भागरथीका हत्याराहरु गिरफ्तारीको नजिकै

लाश उठ्दै, बन्द बजार खुल्दै : भागरथीका हत्याराहरु गिरफ्तारीको नजिकै

गतसाता बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले डेढ वर्षअघि कञ्चनपुरकी निर्मला पन्तको हत्यालाई समेत सम्झाइदिएको छ । पटक पटक भइरहेका यस्ता विभत्स हत्याले मुलुकमा महिला हिंसा र सामाजिक सुरक्षाको बिकराल अवस्थालाई उजागर गरिदिएको छ ।

लगातारको बन्द र प्रदर्शनले तीनदेखि उठ्न नसकेको भट्टको मृत शरीर उठाउन र परिवारको जिम्मा लगाउन जिल्ला प्रशासन कार्यालयमा आज सर्वपक्षीय छलफल भइरहेको छ । स्रोतकाअनुसार प्रहरीले आन्तरिक अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानबाट किशोरीको सतप्रतिशत बलात्कारपछि हत्या भएको बलियो प्रमाण मिलेको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा केही दिन बन्द, हड्ताल नगर्ने सहमति भएको छ । तत्काल लाश उठाउने र बुझ्ने सहमतिसँगै केही दिनदेखि बन्द रहेको स्थानीय बजार आज खुलेको छ । तर,धर्ना र जुलुश भने भइरहेको छ । बैतडीमा भट्टको केस अनुसन्धान गर्न डिआईजी उत्तम सुवेदी र निर्मला पन्तको अनुसन्धानमा सम्लग्न सिआइबीला डिएसपी समेत खटिएका छन् । प्रहरीले बैतडी हत्यामा संलग्नहरुको पहिचान गरिसकेको अनुमान गरिएको छ । स्रोत भन्छ ‘शंकास्पद सबैको टेलिफोन ट्रयाक रेकर्ड पत्ता लगाइएको छ ।’

उता,कञ्चनपुरमा डेढ वर्षअघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्याको अनुसन्धानमा नयाँ प्रगति केही नभएको बताइन्छ ।

टिप्पणीहरू