बैतडी घटना खुल्ने संकेत

बैतडी घटना खुल्ने संकेत

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ बर्षिया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरूको प्रहरीले लगभग पहिचान गरेको छ ।

प्रहरीको उच्च स्रोतका अनुसार, ‘बैतडीको अनुसन्धानले लाइन समातेको छ ।’ घटनाको प्रत्यक्ष अनुसन्धान र छानबिनमा सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी संलग्न छन् । स्रोतले ‘प्रहरी टोली आशावादी रहेको र मान्छे समातिने स्थिति बन्दै गएको’ माथिल्लो निकायमा आज बिहान रिपोर्टिङ्ग गरेकोले सफल हुने बताएको छ । सम्भवतः आज साँझसम्म विस्तृत विवरण प्राप्त भइसक्ने छ ।

गत साता भएको उक्त घटनामा लगातारको बन्द र प्रदर्शनले तीन दिनसम्म मृतकको शव उठाउन नसकेपनि हिजोको सर्वपक्षीय छलफलपछि स्थानीय बजार हल्का खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरीको बलात्कारपछि हत्या भएको बलियो प्रमाण मिलेको बुझिएको छ ।

टिप्पणीहरू