भारतीय राजदूतको ‘ननस्टप’ भेटघाट
मुलुकको राजनीति निकै तरल हुँदै गएको बेला भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । सर्वोच्च अदालतले फागुन दोश्रो साताभित्रै प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउने योजना सार्वजनिक भएलगत्तै भएको क्वात्राको घरदैलोलाई अर्थपूर्ण मानिएको छ ।
भारतीय राजदूतले पछिल्लो पटक प्रधानमन्त्री ओलीसङ्ग राम्रै हित्तचित्तै मिलाउँदै आउनुभएका काँग्रेस सभापति शेरबहादुर देउवासँग हिजो उहाँकै निवास बूढानीलकण्ठमा सवा घण्टा भेटवार्ता गर्नुभएको छ ।
यसअघि उहाँले २१ गते बुधबार काँग्रेस उपसभापति विमलेन्द्र निधीसँग बानेश्वरको घरमै पुगेर छुट्टै भेट गर्नुभएको थियो । त्यहि साँझ काँग्रेस महामन्त्री सशांक कोइरालासँग पनि दूतावासमा एक्लै भेट गर्नुभयो ।
त्यसअघि २० गते मंगलबार राती अर्थमन्त्री तथा नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग लैनचौरमा दुई घण्टा वार्ता गरेको समाचार यसअघि नै बाहिरिइसकेको छ ।
टिप्पणीहरू