बलात्कारबिरुद्ध विप्लव

नेकपा बिप्लव समूहले बलात्कारपछिको हत्यालाई बर्बर र पाशविक जघन्य अपराध भन्दै घोर निन्दा र भर्त्सना गरेको छ । स्वयं महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा बैतडीको भागरथी हत्याकाण्डप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको र निर्मला हत्याकाण्डझैँ यो पनि त्यसैको निरन्तरता भएको उल्लेख छ ।

विज्ञप्तिमा सरकारले अनुसन्धान कार्यलाई गम्भिरतापूर्वक नलिई घटनाप्रति नजरअन्दाज गर्न र विषयान्तर गर्न खोजेमा त्यस्तो कार्यलाई आफूहरूले स्वीकार नगर्ने बताइएको छ । त्यस्तो अवस्थामा आमजनसमुदायको सहयोग लिएर घटनाको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पहलकदमी लिने चेतावनीसमेत दिइएको छ ।

विप्लवले उल्लेख गरेका छन् ‘उक्त अमानवीय घटनाको तुरुन्त सत्य तथ्य छानबिन गरी घटनामा संलग्न जो कसैलाई पनि कडाभन्दा कडा कारबाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं ।’

टिप्पणीहरू