लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी

लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी

लागूऔषध कारोबारको सञ्जाल तोड्ने कार्यमा प्रहरीलाई ठूलो सफलता मिलेको छ । सोमबार उदयपुरमा प्रहरीले एकैपटक एक टनभन्दा बढी गाँजासहित विभिन्न प्रकारका लागूऔषध बरामद गरेको हो । लागूऔषध कारोबारमा संलग्न र सेवन गर्नेविरूद् कारबाही चलाइरहेको प्रहरीले कटारी नजिकैको सानो दमारबाट १ सय २१ केजी तौलका १० बोरा गाँजा बरामद गरेको छ ।

स १ च ८०४ नम्बरको बोलेरो भ्यानमा अदुवाको बोराले छोपेर लुकाइएको अवस्थामा उक्त परिमाणको गाँजासहित प्रहरीले चालक तथा सवारी धनी सन्तबहादुर मगरलाई पक्राउ गरेको छ । बरामद गाँजा बेतेनीबाट लिएर आएको बताइएको छ । पक्राउ परेका मगर भने सिरहा धनगढीमाई नगरपालिका १० का निवासी हुन् । उनी भारतीय गोर्खा राईफलका निवृत्त सेना भएको बताइन्छ ।

त्यसैगरी, त्रियुगा–१ का ३२ वर्षीय विदुर अधिकारी, १४ का कुमार मगर, १३ का सागर चौधरी, १२ का राजाराम भगत, ११ का असिम राईलाई डाइजेपाम २१, फेर्नागन २१, लुपिजेसिउ २१ गरी ६३ एम्पुल लागुऔषध र २ थान सिरिन्जसहित पक्राउ गरिएको छ । उनीहरूलाई लाहानबाट गाईघाट आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उदयपुरमा एकैपटक यति ठूलो परिमाणमा गाँजा बरामद भएको यो नै पहिलो पटक हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमबहादुर दाहालका अनुसार बरामद गाँजाको बजार मूल्य ५७ लाख रूपैयाभन्दा बढी पर्छ ।

टिप्पणीहरू