रौतहटका सांसद समिनाको आह्वान: “म संविधान मार्नेको साथमा छैन”

रौतहटका सांसद समिनाको आह्वान: “म संविधान मार्नेको साथमा छैन”

प्रतिनिधिसभाकी पूर्वसांसद समिना हुसेनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमविरुद्ध चालिएका आन्दोलनहरुमा सहभागी हुन आह्वान गर्नुभएको छ । साथै उहाँले सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्नसमेत सबैलाई आग्रह गर्नुभएको छ ।

रौतहटबाट प्रतिनिधिसभा सदस्य रहनुभएकी हुसेनले नेकपाका सम्पूर्ण कार्यकर्ता, मुस्लिम, मधेशी, महिला र विशेषगरी प्रदेश नं.२ र जिल्लावासीसमक्ष उहाँले उक्त अनुरोध गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री ओलीले गैरसंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटनजस्तो प्रतिगमनकारी कदम चलाएपछि सिंगो राष्ट्र संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ । ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेको छ ।’

टिप्पणीहरू