राजधानीका सडक अस्तब्यस्त

राजधानीका सडक अस्तब्यस्त

प्रतिनिधिसभा बिघटनका विरुद्ध आन्दोलन चर्काइरहेको नेकपा (बहुमत) ले आज काठमाडौँमा बृहत् विरोधसभा गर्दैछ। विरोधसभापूर्व उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकाल्ने तयारी छ।

विभिन्न स्थानबाट निस्केको जुलुस रत्नपार्क पुगेर मूल जुलुसमा परिणत हुने र भृकुटीमण्डपस्थित सभास्थलमा मिसिने बताइएको छ। बृहत विरोध सभाका लागि अहिले नेकपाका नेता-कार्यकर्ता मंच व्यवस्थापनमा खटिएका छन्। मन्च तयारीका लागि करिव १२० जना कार्यकर्तालाई खटाइएको छ।

सभास्थल वरपरका बाटो बन्द गरिएको छ । रणाेद्विप चाेकदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्गकाे बाटाे पूर्ण रुपमा बन्द गरिएकाे छ।

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल,बरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ।

विरोधसभामा सहभागी हुन हजारौंको संख्यामा नेकपाका कार्यकर्ता काठमाडौँ भित्रिएका छन् । कार्यकर्ता आउनेक्रम जारी रहेको नेकपाले बताएको छ।

टिप्पणीहरू