सर्वोच्चमा पितापछि पुत्रको पालो “विघटन त प्रधानमन्त्रीको बिशेषाधिकार नै हो”
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई महाराजाधिराजसङ्ग सुरक्षित बिशेषाधिकारको अर्को रुप भनी बाबु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बचाव गरेलगत्तै बहसको पालो छोरा कञ्चनकृष्ण न्यौपानेमा आएको छ । उहाँले पनि संविधानले व्यवस्थापिका र न्यायपालिकालाई तोकेको बाहेकका सबै काम र अधिकार प्रधानमन्त्रीसँग हुने बताउनुभएको छ ।
उहाँका अनुसार ‘राज्यका तीनवटै अंग स्वतन्त्र छन् । दुई अंगका तोकिएका काम र अधिकार छाडेर, संविधान र प्रचलित कानूनले संघ, प्रदेश र स्थानीय तहलाई तोकिदिएका बाहेकका अधिकार कार्यपालिकालाई हुन्छ । त्यो भनेको अनलिमिटेड गभर्मेन्ट राइट्स हो,अहिले प्रधानमन्त्रीले त्यही अधिकार प्रयोग गर्नुभएको हो ।’ न्यौपानेको तर्क छ ‘सैद्धान्तिक रूपमा कार्यपालिका छुट्टै अंग हो । यसले अन्य दुईवटा अंगले गर्ने बाहेक सबै काम गर्छ । साथै,स्पष्ट कानुनहरू नबनेको अवस्थामा कतिपय विशेष अधिकार कार्यपालिकाले प्रयोग गर्न सक्छ ।’
टिप्पणीहरू