नागढुंगाबाट मात्र आज कति भित्रिए ?

नागढुंगाबाट मात्र आज कति भित्रिए ?

नेकपा (बहुमत) ले काठमाडौंमा आयोजना गरेको विरोधसभाको क्रममा समेत उपत्यका बाहिरबाट नेता,कार्यकर्ता तथा समर्थकहरु भित्रिने क्रम जारी छ । काठमाडौंमा जुलुश र आमसभाको तयारी भइरहँदा समेत उपत्यका बाहिरबाट नागढुङ्गा नाका हुँदै हजारौं कार्यकर्ता भित्रिएका हुन् ।

दिउँसो १ बजेसम्म प्रदेश नं १ बाट ३४ वटा गाडीमा १ हजार ३ सय ५६ जना, प्रदेश नं २ बाट ३ सय ५७ वटा गाडीमा १२ हजार १ सय ४ जना,बाग्मती प्रदेशबाट ५ सय ३४ वटा सवारी साधनमा १० हजार ९ सय ७० जना राजधानी भित्रिएका छन् । त्यसैगरी,गण्डकी प्रदेशबाट १ सय ६२ वटा गाडीमा ४ हजार ९ सय ६१ जना,लुम्बिनी प्रदेशबाट ८८ वटा गाडीमा ३ हजार ३ सय १९ जना,कर्णाली प्रदेशबाट २५ वटा सवारी साधनमा ९ सय ५१ जना र सुदूर पश्चिम प्रदेशबाट १३ वटा सवारी साधनमा ४ सय १६ जना नेता तथा कार्यकर्ता काठमाडौंको विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

ट्राफिक प्रहरीका अनुसार त्यसरी भित्रिएका सवारी साधनहरुमध्ये साना २ सय ८७ वटाबाट १ हजार ३ सय ७० जना छुट्टै हुन् । अन्य ठूला तथा मझौला १ हजार २ सय २३ वटा सवारी साधनबाट ३४ हजार ७७ जना कार्यकर्ता भित्रिएका हुन् । यसैबीच,सभास्थल वरिपरि जम्मा भएको भीडलाई स्वतन्त्र विश्लेषकहरुले निम्नानुसार आँकलन गरेका छन् ।

कार्यक्रमस्थलमा २० हजारदेखि २२ हजार पाँच सय, प्रदर्शनीस्थलमा ६ हजार ५ सय, भद्रकाली रणोदीप पुल वरपरदेखि पृथ्वीनारायणको शालिकसम्म झण्डै ७ हजार,शहिदगेट वरपर करिब ३ हजार गरी लगभग ५५ हजार जनाको सहभागिता रहेको बताइन्छ ।

टिप्पणीहरू