खुल्ला बोर्डर र सत्ताको खेल
२ नम्बर प्रदेश र लुम्बिनी प्रदेशका अन्तर्राष्ट्रिय सीमाना वारि मुस्लिमहरुको बाक्लै बस्ति छ । उनीहरुलाई एउटा धर्को अर्थात् दश गजाले मात्र छुट्याएको छ ।
नजिकै बसे भनेर के भन्नु,रिस उठ्यो अथवा भनेको मानेन भने पनि सोझै उताबाट काठमाडौंमै आएर दिनदहाडै ठोकिदिन्छन् । विगतमा जमिम साह,फैजान अहमद,मिर्जा दिलसादबेग र अनिस अन्सारीहरुलाई ठोकेकै पनि हो । जिस्केर हो वा साँच्चिकै ओली सरकारमा यसअघिका शहरी बिकास मन्त्री तथा सजपा नेता मोहम्मद इस्तियाक राइन पनि अहिले आएर सत्ता समीकरणमा पारीको इशारा नमान्दा रुपैडिया बोर्ड पार गरेर नेपालगञ्ज आई ठीक पारिदिन के बेर ! भन्न थालेका छन् ।
राजनीतिक पार्टीहरुमा त्यति धेरै मुस्लिम सांसद देखिएका छैनन् । हुन त : २ नम्बरका मुख्यमन्त्री लालबाबु राउत गद्दी मुस्लिम नै भइहाले । कुरो मिल्दा उता र यताको काम छुट्टिन गाह्रो छ । कतिपय अवस्थामा एउटै प्रान्त जस्तोसमेत देखिन्छ ।
कतिपय अवस्थामा प्रान्तभन्दा फरक पनि लाग्दैन । किनभने यताका नेताहरु यदाकदा लैनचौरस्थित दूतावास छिर्दा आफूलाई गौरवान्वित महसुस गर्छन् । यस्तै यस्तै कुराले सत्ता समीकरणमा एकातिर खुल्न मधेसी नेताहरुलाई दोमनमा पारेको बताइन्छ ।
टिप्पणीहरू