अस्पतालको जन्मदिनमा ओपीडी निःशुल्क

अस्पतालको जन्मदिनमा ओपीडी निःशुल्क

भरतपुर अस्पताल चितवनले वार्षिकोत्सवको अवसर पारेर बिरामीहरुको निःशुल्क उपचार गरेको छ । अस्पताल प्रशासनले आजै एक सूचना जारी गर्दै आफ्नो वार्षिकोत्सवको दिन ओपीडी सेवा निःशुल्क दिने बताएको हो ।

जारी सूचनामा बिहान ११ बजेसम्म ओपीडी टिकट वितरण गरिने उल्लेख छ ।

अस्पतालले दिउँसो १ बजेदेखि वार्षिकोत्सव कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा अस्पतालका सबै चिकित्सक,नर्स तथा कर्मचारीलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ ।

टिप्पणीहरू