काँग्रेसभित्र विवाद नरहेको देउवाको दाबी

काँग्रेसभित्र विवाद नरहेको देउवाको दाबी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र कुनै किसिमको विवाद नरहेको ठोकुवा गर्नुभएको छ ।

नेता नवीन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रध्दाञ्जली सभामा बोल्दै देउवाले यी कुरा बताउनुभएको हो ।

उहाँले जोशीको निधनले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताउँदै यतिखेर पार्टी अप्ठेरोमा नरहेको भन्नुभयो । कार्यकर्ताहरुलाई सान्तवना दिँदै भन्नुभयो ‘तपाईंहरु आफूले आफैँलाई कमजोर नबनाउनुस् ।’

उहाँले अगाडि भन्नुभयो ‘यहाँ दोहोरी खेल्ने कुरै छैन । नेपाली काँग्रेस संकटमा हिजो थिएन, आज छैन र भोलि पनि रहँदैन । काँग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । हामी सबैले निभाँउदै गएका छौँ ।’

देउवाले पार्टी जीत हारको कारण संकटमा नपरेको बताउनुभयो । आफूहरुले धेरै पटक हारेको र धेरै पटक जितेको उल्लेख गर्दै भन्नुभयो ‘त्यसकारण हामी डिमोरलाईज हुने काम छैन । आफैँले आफैँलाई कमजोर गर्ने काम पनि छैन । पार्टी संकटमा छैन ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

टिप्पणीहरू