पत्रकारको चुनावी परिणाम : देउवाको जिल्लामा माधव विजयी
नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ । काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अर्को पक्षको भिडन्त हुँदा एमालेको माधव नेपाल पक्षले नेतृत्व हात पारेको छ । त्यहाँ विद्रोहीको रुपमा उठेको नेपाल पक्षले जितेको हो ।
उता,ताप्लेजुङ र भोजपुरमा पनि नेपाल पक्षधरले जितेका छन् । सोलुखुम्बुमा भने प्रधानमन्त्री ओलीनिकट नेतृत्वले जितेको छ । त्यहाँ ओली-माधव समूह मिलेको थियो ।
त्यसैगरी नेपाल समूहको भागमा परेको उदयपुर ओली समूहले टप्काएको छ । सम्भवतः ताप्लेजुङमा माओवादीनिकट प्रयास लिम्बुले उम्मेदवारी फिर्ता नलिएको रिस उदयपुरमा पोखेको हुनुपर्छ ।
रौतहटमा पनि नेपाल पक्षले जितेको छ । सिन्धुपाल्चोक,तनहुँ र पाल्पामा भने माओवादी नेतृत्वमा संयुक्त प्यानलले जितेको छ । गोरखा काँग्रेसले उछिट्याएको छ । म्याग्दीमा एमालेको ओली पक्षले अध्यक्ष जितेपनि अरु छ्यासमिस आएको बताइन्छ ।
धादिङ भने माधव नेपाल पक्षले जितेको छ । त्यहाँ ओली र नेपाल समूह मिलेर उठेका थिए । जिल्ला र प्रदेशमा स्थानीय तालमेल गरेपनि महासंघको केन्द्रीय निर्वाचनमा भने विपुल पोखरेल समूहले जित्ने प्रारम्भिक परिणामबाट अनुमान गर्न थालिएको छ ।
टिप्पणीहरू